हाम्रो बारे

हाम्रो बारे 2026-05-27T06:42:41+00:00

साझा भण्डार सहकारी संस्था लिमिटेड

सहकारी मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप देशका सर्वसाधारण उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामग्रीहरू उचित मूल्यमा सहज, सुलभ तथा भरपर्दो रूपमा उपलब्ध गराउने उद्देश्यका साथ साझा भण्डारको स्थापना गरिएको हो । तत्कालीन साझा केन्द्र तथा हालको राष्ट्रिय सहकारी विकास बोर्ड को शेयर लगानीमा सहकारी ऐन, २०१६ बमोजिम वि.सं. २०२१ साल मंसिर २५ गते साझा भण्डारको स्थापना भएको थियो ।

स्थापनाकालदेखि नै साझा भण्डारले उपभोक्ताको हितलाई केन्द्रमा राखी गुणस्तरीय वस्तु तथा सेवाहरू सर्वसाधारणसम्म पुर्‍याउने कार्य गर्दै आएको छ । समयअनुसार बदलिँदो बजार अवस्था, उपभोक्ताको आवश्यकता तथा प्रतिस्पर्धात्मक व्यापारिक वातावरणलाई आत्मसात गर्दै साझा भण्डारले आफ्नो सेवा क्षेत्रलाई निरन्तर विस्तार गर्दै आएको छ ।

साझा भण्डारमा विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सर्वसाधारण नागरिकहरूको समेत शेयर लगानी रहेको छ । यसले सहकारी भावना, सामूहिक सहभागिता तथा जनउत्तरदायी व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको छ । उपभोक्ताहरूलाई बजारमा हुने कालोबजारी, कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धिबाट संरक्षण गर्दै सुपथ मूल्यमा आवश्यक सामग्री उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य रहेको छ ।

यस संस्थामार्फत खाद्यान्न, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरू पारदर्शी र व्यवस्थित ढंगले बिक्री वितरण हुँदै आएको छ । साथै, सहकारी क्षेत्रको विकास, उपभोक्ता अधिकारको संरक्षण तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने कार्यमा साझा भण्डारले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

साझा भण्डार सहकारी संस्था लिमिटेडका स्थापना कालदेेखि हालसम्मका अध्यक्षहरु

श्री विश्ववन्दु थापा २०२१
श्री कृष्ण वम मल्ल २०२३
श्री सरदार विष्णुमणि आचार्य २०२४
श्री राजा तारकबहादुर शाह २०२४
श्री सरदार विष्णुमणि आचार्य २०२६
श्री राजा तारकबहादुर शाह २०२७
श्री शिव नारायण दास २०३१
श्री रणधीर सुव्बा २०३२
श्री क्षेत्रप्रताप अधिकारी २०३६
१० श्री भोजराज घिमिरे २०४२
११ श्री कमलराज रेग्मी २०४६
१२ श्री अजितनारायण सिंह २०४७
१३ श्री दिपकप्रकाश बास्कोटा २०४८
१४ श्री दामोदर प्रसाद गौतम २०५०
१५ २०५२
१६ श्री नारायणप्रसाद भट्टराई २०५२
१७ श्री गोपाल शाक्य २०५२
१८ श्री दान बहादुर शाही २०५२
१९ श्री २०५४
२० श्री जयकुमार खड्का २०५६
२१ श्री केशवराज घिमिरे २०७३
२२ श्री पद्मनिधि सोती भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रतिनिधि २०७९
२३ श्री गणेश प्रसाद भट्ट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रतिनिधि २०८०
२४ श्री ध्रुव घिमिरे भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रतिनिधि २०८२