गृहपृष्ठ 2026-05-21T09:02:26+00:00

 WELCOME TO SAJHABHANDAR CO-OP lIMITED


सहकारी मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप देशका सर्वसाधारण उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामग्रीहरू उचित मूल्यमा सहज, सुलभ तथा भरपर्दो रूपमा उपलब्ध गराउने उद्देश्यका साथ साझा भण्डारको स्थापना गरिएको हो । तत्कालीन साझा केन्द्र तथा हालको राष्ट्रिय सहकारी विकास बोर्ड को शेयर लगानीमा सहकारी ऐन, २०१६ बमोजिम वि.सं. २०२१ साल मंसिर २५ गते साझा भण्डारको स्थापना भएको थियो ।

स्थापनाकालदेखि नै साझा भण्डारले उपभोक्ताको हितलाई केन्द्रमा राखी गुणस्तरीय वस्तु तथा सेवाहरू सर्वसाधारणसम्म पुर्‍याउने कार्य गर्दै आएको छ । समयअनुसार बदलिँदो बजार अवस्था, उपभोक्ताको आवश्यकता तथा प्रतिस्पर्धात्मक व्यापारिक वातावरणलाई आत्मसात गर्दै साझा भण्डारले आफ्नो सेवा क्षेत्रलाई निरन्तर विस्तार गर्दै आएको छ ।

साझा भण्डारमा विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सर्वसाधारण नागरिकहरूको समेत शेयर लगानी रहेको छ । यसले सहकारी भावना, सामूहिक सहभागिता तथा जनउत्तरदायी व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको छ । उपभोक्ताहरूलाई बजारमा हुने कालोबजारी, कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धिबाट संरक्षण गर्दै सुपथ मूल्यमा आवश्यक सामग्री उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य रहेको छ ।

यस संस्थामार्फत खाद्यान्न, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरू पारदर्शी र व्यवस्थित ढंगले बिक्री वितरण हुँदै आएको छ । साथै, सहकारी क्षेत्रको विकास, उपभोक्ता अधिकारको संरक्षण तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने कार्यमा साझा भण्डारले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

 अध्यक्ष को भनाइ


वि.सं. २०२१ साल मंसिर २५ गते स्थापना भएको यो संस्था सहकारी आन्दोलनको जेठो राष्ट्रियस्तरको सहकारी संस्थाको रूपमा स्थापित भएको हो । स्थापना कालदेखि नै यस संस्थाले विभिन्न चरणहरूमा देशभरका उपभोक्ताहरूलाई अत्यावश्यक वस्तु तथा सेवाहरू प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएको छ । विशेषगरी दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरूको सहज आपूर्ति व्यवस्थापनमार्फत उपभोक्ताको हित संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । सहकारी मूल्य, मान्यता तथा सिद्धान्तलाई आत्मसात गर्दै उपभोक्तामैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अभियानमा संस्था प्रतिबद्ध रहेको हो । आगामी दिनहरूमा संस्थाको सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण तथा उपभोक्तामुखी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न यहाँहरूको अमूल्य सुझाव, सल्लाह, सहयोग तथा मार्गनिर्देशनको अपेक्षा राखेको छु । सम्पूर्ण शेयर सदस्य, उपभोक्ता, सरोकारवाला निकाय तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वासले नै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।

USE FUL LINKS