WELCOME TO SAJHABHANDAR cO-oP lIMITED
सहकारी मूल्य, मान्यता र सद्धिान्त अनुरुप देशका सर्वसाधारण उपभोक्ताहरुलाई दैनकि उपभोग्य वस्तु, नर्मिाण सामग्री, पेट्रोलयिम पदार्थ लगायतका वस्तुहरु उचति मूल्यमा सर्वसुलभ तरकिाले उपलब्ध गराउने उद्देश्यले तत्कालीन साझा केन्द्र हालको राष्ट्रयि सहकारी वकिास बोर्डको शेयर लगानीमा सहकारी ऐन, २०१६ बमोजमि २०२१ साल मंसरि २५ गते स्थापना भई वभिन्नि नकिाय र सर्वसाधारण समेतको शेयर लगानीबाट साझा भण्डार सञ्चालन हुँदै आईरहेको छ ।
अध्यक्ष को भनाइ
वि.स. २०२१ साल मार्ग २५ गते स्थापना भएको यो संस्था सहकारी आन्दोलनको जठो राष्ट्रिय स्तरको सहकारी संस्थाको रुपमा स्थापित भएको हो । विगत लामो समयमा विभिन्न चरण्मा उपभोक्ताहरुमा अत्यावश्यक वस्तुहरुको प्रभावकारी रुपमा आपूर्ति व्यवस्था मिलाई आइरहेकोमा हाललाई केही स्थगित रहेको भए पनि यस संस्थाले संचालनमा ल्याएका कारोवार एवं सेवालाई पूर्ववत संचालन गर्ने अभियानमा आगामि दिनमा यहाहरुको सुझाव सल्लाह सहयोग एवं मार्ग निर्देशनको अपेक्षा राखेको छु ।
सूचना तथा जानकारी
साझा भण्डार (सहकारी संस्था लि.)
भोटाहिटी, काठमाण्डौको
१४औं वार्षिक साधारण सभा आव्हान सम्बन्धी सूचना
सूचना प्रकाशित मिति २०८१।११।१५
यस संस्थाको संचालक समितिको मिति २०८१।१०।३०, बुधवारका दिन बसेको ५८९ औं बैठकको निर्णय बमोजिम संस्थाको १४औ वार्षिक साधारण सभा आगामी मिति २०८१ चैत्र ७, बिहीवारका दिन पुल्चोक, ललितपुर स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सभाहलमा (साविकको राष्ट्रिय सहकारी विकास बोर्ड) आयोजना गर्नेगरी तय भएकोले शेयरधनी सदस्यहरुले साधारण सभामा भाग लिनका लागि शेयर प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्र वा शेयर सदस्य परिचय-पत्र साथमा लिई बिहान ११:३० बजेभित्र सभास्थलमा उपस्थित भैदिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
छलफलका प्रस्तावहरु
- संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।
- आर्थिक वर्ष २०७६।०७७ देखि २०८०।०८१ सम्मको लेखापरीक्षण प्रतिवेदन लगायत वासलात एवं नाफा नोक्सान हिसाबमा छलफल एवं पारित गर्ने ।
- आर्थिक वर्ष २०७६।०७७ देखि २०८०।०८१ सम्मको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने ।
- आर्थिक वर्ष २०८१।०८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।
- सहकारी नियमावली, २०७५ को नियम ७७ को खण्ड (क) संचालक समितिको अध्यक्ष र खण्ड (छ) बमोजिम कम्तिमा १ जना महिला सहित ३ जना सदस्य साधारण सभाबाट निर्वाचित गर्ने ।
- सहकारी नियमावली, २०७५ को नियम ७७ को उपनियम (४) बमोजिम लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने ।
- १४ औं वार्षिक साधारण सभाको निर्णय प्रमाणित गर्नका लागि शेयर सदस्यहरूबाट ५ जना प्रतिनिधि तोक्ने ।
- विविध
- निर्वाचनको कार्यतालिका संस्थाको सूचना पाटीमा टांस गरिने छ ।